जब मोदी बोल्नै सकेनन् र कार्यक्रम नै छोडेर हिँडे - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

जब मोदी बोल्नै सकेनन् र कार्यक्रम नै छोडेर हिँडे



एजेन्सी । सन् २००२ को गुजरात दंगालाई आज पनि मानिसहरुले बिर्सिन सकिरहेका छैनन् । उक्त घटनामा परी करिब २८०० जना मानिसहरुको ज्यान गएको थियो ।

त्यस समय हालका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री रहेका थिए । उनले उक्त दंगा नियन्त्रण गर्न नसक्दा ठुलो संख्यामा मानिसहरुको ज्यान गएको आरोप उनीमाथि लाग्दै आइरहेको छ ।

यसै विषयलाई लिएर उनले भारतका एक भेट्रान पत्रका करण थापरसँग अन्तर्वार्ता गरेका थिए । तर, उनले उक्त अन्तर्वार्ता बीचमै छोडेर हिडेका थिए ।

करणले मोदीलाई सोधेका थिए,‘तपाईले त्यस समय दंगा नियन्त्रण गर्न अहम भुमिका खेल्न सक्नु भएन । के तपाईले त्यो घटना नियन्त्रण गर्न नसकेकै हो ? आज पनि तपाईलाई धेरैले त्यो घटनाको प्रमुख जिम्मेवार मोदी नै भएको ठान्छन् ? यसबारे तपाईले स्पोष्टोक्ति दिनु पर्दैन ? करण थापरले गुजरात काण्डलाई आधार बनाएर उनीमाथि प्रश्नका वाणहरु हानिरहेका थिए । उनले मोदीलाई सोधेका थिए,‘के तपाईलाई ति लाशहरुले अझै तर्साउँछ ।’

मोदी बोल्नै नसक्ने बनेपछि उनले अन्तर्वार्ता रोक्न भनेका थिए । मोदीले जबाफमा भनेका थिए,‘मित्रता राख्नमात्र म अन्तर्वार्ता दिन तयार भएको थिए । यो बारेमा जे मैले भन्नु थियो त्यो पहिला नै तपाईजस्ता पत्रकारहरुलाई भनिसकेको छु ।’

उनी अन्तर्वार्ता दिदाँ आत्तिएका थिए र पानी मगाएका थिए । यो भिडिया पछिल्लो समय भाइरल भइराखेको छ । यसैलाई आधार बनाएर कतिपय काँग्रेस नेताहरुले चुनावमा प्रचार समेत गरेका छन् ।