मोदीलाई जेल हाल्ने राहुल गान्धीको घोषणा
एजेन्सी । भारतमा चुनावी सरगर्मी बढेको बढ्यै छ । चुनाव प्रचारका लागि कांग्रेु तथा बिजेपी (भारतीय जनता पार्टी) एक अर्कालाई निचो देखाउन कुनै कसर बाँकी राखेका छैनन् । यही क्रममा भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कडा कटाक्ष गरेका छन् । हरबखत राफेल लडाकु विमानलाई लिएर उनले मोदीलाई व्यंग गर्ने गरेका छन् । उनले भनेका छन्,‘चुनाव पश्चात राफेल डिलमा अनुसन्धान हुनेछ ।’ मोदीलाई भ्रष्टचारको आरोप लगाएका उनले कुनै पनि हालतमा चौकीदारलाई नछोड्ने बयान दिएका छन् । उनले भनेका छन्,‘चौकीदारलाई जेल पठाइनेछ ।’
उनले महाराष्ट्रको नागपुरमा भएको एक चुनावी जनसभालाई सम्बोन्धित गर्दै यो बयान दिएका हुन् । उनले भनेका छन्,‘चौकीदार चोर हो ।चुनाव पश्चात चौकीदारको यस डिलमा अनुसन्धान हुनेछ र उनलाई जेल पठाइनेछ ।’
उनले भनेका छन्,‘रक्षा मन्त्रालयको दस्ताबेजमा नरेन्द्र मोदीले मुल सम्झौता नै फेरेका छन् । र अर्को विमान १६०० करोडमा खरिद भएको छ ।यो डिलले विमान खरिद गर्ने व्यक्ति उद्योगपछि अनिल अम्बानीलाई फाइदा पुगेको छ । भारतको नियती जो व्यक्तिलाई रक्षा क्षेत्रको बारेमा केही थाहा छैन उसलाई यति ठुलो जिम्मेवारी दिइएको छ ।’
उनले थप्दै भने,‘प्रधानमन्त्री सबैभन्दा ठुलो झुटो बोल्ने व्यक्ति हुन् ।’
उनले भनेका छन्,‘भारतीय काँग्रेस पार्टीले प्रत्येक भारतीयको मासिक कमाइ १२ हजार भन्दा तल हुनेछैन । मोदीको जस्तो १५ लाखको झुटो सपना हामी देखाउँने छैनौँ ।’