फेसबुकको नयाँ फिचर : स्टाटस डिजाइन गर्न सकिने - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

फेसबुकको नयाँ फिचर : स्टाटस डिजाइन गर्न सकिने



काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक पछि अर्को फिचर थप्ने क्रम जारी राखेको छ । हालै फेसबुकमा ‘टेक्ट’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था पनि थपेको हाे ।

यो व्यवस्था तत्कालका लागि फेसबुक पेज र आफ्नो व्यक्तिगत होम पेजमा नभए पनि फेसबुक ग्रुपमा भने उपलब्ध छ ।

अहिले कुनै पनि ग्रुपमा आफूले लेखेको कुरालाई बोल्ड र इटालिक बनाउन सकिन्छ । कुनै पनि टेक्स फेसबुकको कुनै ग्रुपमा लेख्नुभयो भने त्यसलाई सेलेक्ट गर्दा बोल्ड र इटालिक कस्तो बनाउने भन्ने माइक्रोसफ्ट वर्ड फाइलमा जस्तै अप्सन देखापर्छ । जसबाट प्रयोगकर्ताले आफू अनुकूलको बनानउ सक्नछन् ।

यसअघि बोल्ड बनाएर कपी गरिएको टेक्ट पेस्ट गर्दा अटो रुपमा नर्मल बन्थ्यो भने अहिले बोल्ड गरिएका वर्ड फाइलको टेक्स फेसबुक ग्रुपमा पेस्ट गर्दा बोल्ड नै देखिन्छ । इटालिक बनाएर पेस्ट गर्दा इटालिक नै बन्छ ।

त्यतिमात्र नभएर फेसबुक ग्रुपमा अर्को हेडिङ वान, हेडिङ टू, बुलेट एण्ड नम्बरिङ, शो–हाइड अप्सनको समेत व्यवस्था गरेको छ ।