हेर्दाहेर्दै घर नै चिहान बनेपछि... - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हेर्दाहेर्दै घर नै चिहान बनेपछि…



आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

६ सय ४ घाइतेमध्ये ३ सय ४४ जनाको पर्साका विभिन्न अस्पताल, ४२ जनाको बाराको कलैया अस्पताल, १० जनाको काठमाडौंस्थित शिक्षण अस्पताल र अन्यको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकमा १३ पुरुष, १२ महिला र लिंग नखुलेका दुई छन्। मृतकमा २३ नेपाली र चार भारतीय छन्।

त्यस्तै फेटा गाउँपालिकाका भुवार अन्सारीको घर भत्किदा परिवारका जना सदस्य गुमाएकाबारे समाचार छ । आइतबार साँझ खाना खान परिवारका ६ जना सदस्यसहित घरभित्र प्रवेश गरेका थिए।

घरमा प्रवेश गरेको केही मिनटमै भीषण हावाहुरी चल्यो। घर भत्कायो। घर भत्किँदा भुवारसहित सातै जना पुरिए। तर, उनी बल्लतल्ल जिवित निस्किन सफल भए। ती मध्ये बुवा र छोरा मात्रै जिवित छन्।