दिशा पटानीको यो तस्वीर जसले विवाद उत्पन्न गरायो - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

दिशा पटानीको यो तस्वीर जसले विवाद उत्पन्न गरायो



मुम्बई । बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानी प्रेमसम्बन्धका कारण चर्चामा छन् ।

दुवैजना फिल्म ‘बागी २’मा सँगै देखिएका थिए । दिशा सामाजिक सञ्जालमा खुब क्रियाशील छिन् । हरेक दिन तस्बिर या भिडियो सेयर गरिरहन्छिन् ।

हालै दिशाले जब पिंक बिकिनीमा फोटो पोस्ट गरिन्, फ्यानका साथै टाइगरले पनि कमेन्ट गरिदिए । टाइगरले दिशाको बोल्डनेसको प्रशंसा गर्दै ताली बजाएको इमोजी राखेका छन् । दिशा हट लागेको अर्थ आउने कमेन्ट गरेपछि फ्यानहरूले टाइगरलाई उडाउने किसिमको प्रतिक्रिया जनाएका छन् ।

टाइगरलाई मेन्सन गरेर एक प्रयोगकर्ताले लेखेका छन्, ‘रोक यार, आफ्नी प्रेमिकालाई !’ योभन्दा पहिला पनि दिशाले बिकिनीमा फोटो पोस्ट गरेकी थिइन् र ट्रोलको सिकार भएकी थिइन् । अहिलेसम्ममा दिशाको फोटोमा १५ लाखभन्दा ज्यादाले लाइक गरेका छन् भने १५ हजारभन्दा ज्यादा कमेन्ट छन् ।