हार्दिकलाई तनाव: चुनाव लड्न नपाउने
काठमाडौं । गुजरातमा पटेल समुदायको आरक्षण माग गर्दै आन्दोलन गरेका हार्दिक पटेलले आगामी लोकसभा चुनाव लड्न नपाउने भएका छन् । उनी हालै कांग्रेस प्रवेश गरेका थिए ।
गुजरात उच्च अदालतले दंगा भड्काएको मुद्दाा हार्दिकको सजाय अन्त्य गर्न अस्वीकार गरेको छ ।
जुलाई २०१८ मा हार्दिकलाई मेहसाणाको विसननगरमा दंगा भड्एको मुद्दामा दुई वर्षको सजाय सुनाइएको थियो । २३ जुलाई २०१५ मा एक र्यालीका क्रममा भएको हिंसा र तत्कालीन भाजपा विधायक ऋषिकेश पटेलको कार्यालयमा भएको हमला तथा तोडफोडको मुद्दामा स्थानीय अदालतले हार्दिकलाई २ वर्षको जेल सजाय सुनायो ।
भारतीय कानूनअनुसार दुई वर्ष वा त्यसभन्दा बढी सजाय पाएका व्यक्ति चुनाव लड्न अयोग्य हुन्छन् ।
स्थानीय अदालतको फैसला निलम्बनको माग गर्दै हार्दिक उच्च अदालत गएका थिए तर, अस्वीकार गरेको छ ।