अजयको अनुहार देखेर खिल्ली उडाउँथे - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

अजयको अनुहार देखेर खिल्ली उडाउँथे



एजेन्सी । अजयको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हे’सँगै जुधेको थियो । लम्हेमा अनिल कपुर, श्रीदेवीजस्ता सुपरस्टार थिए । तर, पनि अजयको फूल और काँटेले लम्हेलाई टक्कर दियो । फूल और काँटे सुपरहिट भएको थियो ।

अजयको खास नाम विशाल हो । त्यतिवेला कलेजका साथीहरूबीच विशेषगरी तीनवटा ग्याङ चर्चित थियो । दारा सिंहका छोरा बिन्दुको बिन्दु ग्याङ, धर्मेन्द्रका छोरा बबी देओलको बबी ग्याङ र अजयको विशाल ग्याङ ।

अजय लामो अन्तर्वार्ता दिन पटक्कै मन पराउँदैनन् । धेरै बोल्ने बानी नभएकाले उनले दिक्क मान्ने गरेका हुन् ।

अजय जब हिरो बने, फिल्मकर्मी तथा दर्शकसमेतले उनको अनुहार देखेर खिल्ली उडाउँथे । कतिपयले यस्तो पनि हिरो भनेर उनलाई हतोत्साहित गर्थे । अमिताभ बच्चनले भने अजयलाई ‘ब्ल्याक हर्स’ भनेर उनलाई उत्साहित पारेका थिए ।

फिल्ममा गाउन र डान्स गर्न भनेपछि अजय हिच्किचाउँछन् । नाच्न नआउने भएकाले उनी सकभर गीत नपरे हुन्थ्यो भन्ने चाहन्छन् ।

अजयको परिवार देवी दुर्गा माताका उपासक हुन् । उनीहरू हरेक वर्ष देवी दुर्गालाई पछ्यौरा चढाउन अजमेरकी दगराह पुग्ने गर्दछन् ।