सन्दीप लामिछाने टिममा नपर्नुको रहस्य यस्तो छ
एजेन्सी । गत सिजनबाट इण्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ३ खेलमा ६.८३ को प्रति ओभर औसतमा ५ विकेट हात पारेका थिए ।
आईपीएलको डेब्युपछि सन्दीपले विश्वको धेरै फ्रेन्चाइज टी-ट्वान्टी लिगको अभिन्न अंग बनेका छन् । उनले हालसम्म ३६ टी-ट्वान्टी खेलमा ४५ विकेट हात पारिसकेका छन् ।
त्यसैले सन्दीपले यस सिजन दिल्लीका लागि स्पिन बलिङमा मुख्य भूमिका खेल्ने सबै क्रिकेट पण्डितहरुको अनुमान थियो ।तर,दिल्लीले खेलेको दुवै खेलमा सन्दीप अटाउन सकेका छैनन् ।
सन्दीप लगातार दुई खेलमा नपरेपछि क्रिकेट पण्डितहरु समेत अचम्मित भएका छन् । सन्दीप किन दिल्लीको टोलीमा परेका छैनन् त ? अहिले कारणहरु खोज्न थालिएको छ ।
क्रिकेट वेबसाइड क्रिकइन्फोसंग कुरा गर्दै विश्लेषक ब्राड होजले सन्दीप टिममा नपर्दा आश्चर्यमा परेको बताए ।
‘दिल्लीको टिममा सन्दीप किन टिममा परेनन् म आश्चर्यमा छु । यो पिचमा उनी म्याच विजेता सावित हुन सक्थे,’ होजले भने, ‘सन्दीपलाई नखेलाउनुको कुनै खस कारण छैन ।’
यस्तै दीप गुप्ताले दिल्लीले सन्दीपलाई समावेश नगरेर गल्ती गरेको बताए ।
‘बल टर्न हुने पिच थियो । जडेजाले टर्न गराउदा सन्दीपले पक्कै सक्थे । सन्दीप टिममा नपर्नु कुनै कारण छैन,’ दीपले भने ।
दिल्लीको रणनीति
मंगलबार घरेलु मैदानमा भएको चेन्नई सुपर किङ्सविरुद्ध दिल्लीले ३ विदेशी खेलाडी मात्र खेलाएको थियो । जहाँ चौथो खेलाडी सन्दीप हुन सक्ने थिए ।
राहुल तिवाटियालाई मध्ये क्रमका खेलाडीको आक्रमणबाट जोगाउन खेलाईएको थियो भने सम्भवत, अमित मिश्रालाई शेन वाट्सनको विकल्प थिए । उनको वाट्सनविरुद्धको आंकडा राम्रो थियो ।
मंगलबारको खेल बाहेक टी-ट्वान्टीको १० भेटमा अमितले वाटसनलाई ४ पटक आउट गरेका छन् । मिश्र यो पटक पनि वाट्सनलाई आउट पार्न सफल भए । तर, उनी स्पिन फ्रेन्डली पिचमा पनि निकै महँगो साबित भए ।
चेन्नईको ब्याटिङ
स्लो पिचमा रन बनाउनु निकै कठिन हुन्छ । तर, हिजो चेन्नईले पावर प्लेमा नै ५८ रन बनाउन सफल भएको थियो भने दिल्लीले मात्र ४३ रन बनाएको थियो । पहिलो ६ ओभर भित्र नै त्यति रन बनाउदा चेन्नईले खेल ८९% आफ्नो पक्षमा पारी सकेको थियो ।
वाट्सन सुरुवात देखिनै आक्रामक ब्याटिङ गरिरहेका थिए । र, दिल्लीको पेस बलिङले उनलाई खेल्न झन् सजिलो भइरहेको थियो ।
दिल्लीका लागि कागीसो राबडा र इशान्त शर्माले पावर प्लेमा नै ५ ओभर गरेका थिए । अन्य टिम भन्दा दिल्लीले सुरुवाती क्रममा स्पिन खेलाउनेमा अलि कन्जुजुस्याइन गरेको देखिन्छ ।
सन् २०१७ को आईपीएलमा दिल्लीले १७.७८% स्पिन बालिङ पावर प्लेमा गरेको छ भने अमितले पछिल्लो २ बर्षमा जम्मा २ ओभर मात्र बलिङ गरेका छन् ।
पावर प्लेमा फास्ट बलिङ गराउनुको अर्को मतलब हुन सक्छ कि इशान्तले पछिल्लो डेथ ओभर गर्नु नपरोस । किनकि उनको आईपीएल इतिहाँसमा पछिल्लो ४ ओभर हेर्ने हो भने ११.२९ को इकोनमि रहेको छ ।
सोहि कारण चेन्नईले सुरुवाती ओभरमा नै फास्ट बलरबाट रन बटुल्दै स्पिनरसंग होसियार हुँदा खेल जित्न सफल भएका थिए ।