डाक्टर र नर्सहरूको साहित्यिक मेला - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

डाक्टर र नर्सहरूको साहित्यिक मेला



हिमाल पोस्ट/काठमाडौँ ।

डाक्टर पढिरहेका विद्यार्थीहरूको ‘हाम्रो कथा’ नामक साहित्यिक संस्थाले यही चैत्र १५ र १६ गते चितवनको सौराहामा बृहद साहित्यिक मेलाको आयोजना गरेको छ ।

मदनकृष्ण श्रेष्ठको विशेष प्रस्तुति रहने उक्त कार्यक्रममा खगेन्द्र संग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, रवीन्द्र समीर, लक्ष्मण गाम्नागे, अमर न्यौपाने, सुबिन भट्टराईजस्ता लोकप्रिय साहित्यकारहरू, हरि शर्माजस्ता बिद्द्वान तथा डा. गोविन्द केसी, डा. सरोज धिताल, डा. रामेश कोइराला, डा. सुधा शर्माजस्ता दिग्गज डाक्टरहरूको संयोजन गरेर साहित्यिक मेलालाई निकै आकर्षक बनाइएको छ ।

मेडिकल सेसन, साहित्यिक सेसन, राजनैतिक तथा सामाजिक सेसन निकै विचारोत्तेजक हुनेछन् । मेडिकल लिटरेचर मेलामा काठमाडौँ, चितवन, कपिलवस्तु, दाङ लगायत देशभरबाट इच्छुक साहित्यप्रेमी, मेडिकल विद्यार्थी तथा चिकित्सकको सहभागिता हुनेछ । सयौँ लेखकका पुस्तक रहने बुक स्टल लगायत प्रदर्शनीको पनि व्यवस्था गरिएको छ | चितवन मेडिकल कलेज तथा भरतपुर मेडिकल कलेजका विद्यार्थी तथा चिकित्सक पनि उत्तिकै सक्रिय रहेका छन् ।

विषद दाहाल, दिवाकर सुबेदी, प्रज्वल आचार्यलगायतका युवाहरू यो कार्यक्रम सफल बनाउन रातदिन लागेका छन् भने स्वास्थ्य खबर पत्रिका यो कार्यक्रमको मिडिया पार्टनर रहेको छ ।

विषय र तालिका यस प्रकार छ –