बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बारे यस्तो सनसनीपूर्ण खुलासा - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बारे यस्तो सनसनीपूर्ण खुलासा



एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री हुन् ऐश्वर्या राय । उनले बलिउडमा आफुलाई टिकाइराख्न धेरै नै संघर्ष गर्नु परेको थियो । तर, संघर्षभन्दा पनि उनी लव अफेयरका कारण भने निकै चर्चामा आइन् । उनको नाम सलमान खानसँग आज पनि उत्तिकै जोडिने गरिन्छ ।

पूर्वविश्व सुन्दरी तथा बलिउड नायिका ऐश्वर्या रायलाई हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनले आफ्नो जालमा पार्न खोजेको सनसनीपूर्ण खुलासा भएको थियो । यो खुलासा ऐश्वर्या रायका अन्तर्राष्ट्रिय ट्यालेन्ट म्यानेज सिमोन सेफिल्डले भेराइटी डट कममा प्रकाशित एक सामग्रीमाथि टिप्पणी गर्ने क्रममा गरेका थिए ।

‘हार्वेले ऐश्वर्यालाई एकान्तमा बोलाउन निकै कोशिस गरे’ सेफिल्डले आफ्नो टिप्पणीमा भनेका थिए । ‘धेरैचोटी हार्वेले मलाई बैठकबाट बाहिर जान भने तर मैले भद्रतापूर्ण तरिकाले अस्वीकार गरेँ ।’, विपाशा बसुका प्रबन्धक समेत रहेका सेफिल्डले लेखेका थिए ।

कतिपय बेला बैठक सकिएपछि कुनामा लगेर ‘ऐश्वर्यालाई ’एक्लै पाउन के गर्नुपर्छ बरु त्यो भन’ भनेर समेत हार्वेले भन्ने गरेको सेफिल्डको आरोप थियो ।

न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका महिलाहरुले उनीमाथि आरोप लगाउने क्रम बढेर गएको थियो । मिडिया रिपोर्टका अनुसार ३० जना महिलाले हार्वेबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा यौनहिंसा सहनु परेको बताएका थिए।