चेन्नईसँग दिल्ली हार्यो : सन्दीप बिनाको खेल फिक्का !
काठमाडौं । साविकको विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।
फिरोज कोट्ला क्रिकेट स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनायो ।
दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए ।
चेन्नईविरुद्ध पनि दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई खेलेनन् । सन्दीप बिनाको खेल फिक्का देखिएको थियो ।