दिल्ली क्यापिटल्सले राम्रो प्रदर्शन गर्न सकेन : टार्गेट १ सय ४८ - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

दिल्ली क्यापिटल्सले राम्रो प्रदर्शन गर्न सकेन : टार्गेट १ सय ४८



एजेन्सी – ओपनर शिखर धवनले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । ओपनर धवनले ४७ बलमा ७ चौका प्रहार गर्दै ५१ रनको योगदान दिए । धवनलाई १८ ओभरको पहिलो बलमा ड्वेन ब्राभोले सार्दुल ठाकुरबाट क्याच आउट गराए ।

दिल्लीलाई ओपनर धवन र पृथ्वी शा ले मध्यम सुरुवात दिएका थिए । दिपक चाहरले शेन वाटशनबाट शालाई २४ रनमा क्याच आउट गराउँदा दिल्ली ४.३ ओभरमा ३६ रन बनाएको थियो । शाले १६ बलमा ५ चौका प्रहार गरे । कप्तान श्रेयस ऐरलाई इमरान ताहिरले एलवी डब्लू आउट गर्दै १८ रनमा पेभिलिएन फर्काए ।

१२ औं ओभरको चौथो बलमा ऐर आउट भएपछि मैदान प्रवेश गरेका विकेटकीपर ऋषभ पन्तले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा आउट भए । कोलिन इनग्राम २,किमो पल डक, अक्षर पटेल ९ र राहुत तेवतियाले ११ रन जोडे ।

दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका ड्बेन ब्राभोले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपक चाहर,रविन्द्र जडेजा र इमरान ताहिरको नाममा समान एक विकेट रह्यो ।

दिल्लीले लगातार दोस्रो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको छैन । पछिल्लो खेलबाट ट्रेन्ट बोल्टको स्थानमा अमित मिश्रा टोलीमा आएका छन् ।