कोटला मैदानमा चम्केलान त सन्दीप लामिछाने ? - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

कोटला मैदानमा चम्केलान त सन्दीप लामिछाने ?



एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ ।

दिल्ली श्रेयर ऐर र चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रनेछ । युवा खेलाडीले भरिएको दिल्ली र अनुभवी खेलाडीको बर्चश्व रहेको चेन्नईबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ । दुबै टोलीले पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेका थिए । दुवै टोली लगातार दोस्रो जितको खोजिमा मैदान प्रवेश गर्नेछन् । पहिलो खेलमा चेन्नईले रोयलच्यान्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदा दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो ।

बेंगलोरसँगको खेलको प्रर्दशन हेर्दा चेन्नईले आज खेलाडी परिवर्तन गर्ने छैन । पहिलो खेलमा स्पिनर इमरान ताहिर, हरभजन सिंह र रविन्द्र जडेजाले उत्कृष्ट प्रर्दशन गरेका थिए । फिरोज शाह कोटला तुलनात्मक रुपमा स्पिनरलाई राम्रो साथ दिने हुँदा चेन्नईले अनुभवी लयमा रहेका स्पिनरबाट राम्रो फाइदा उठाउन सक्छ । चेन्नईको टप अडर ब्याटिङमा आम्बाती रायडु, शेन वाटशन, सुरेश रैना र फाफ डु प्लेसिसले सम्हाल्नेछन् । त्यस्तै मिडिल अडर तथा तल्लो क्रममा केदार जाधव, ड्वेन ब्राभो, महेन्द्र सिंह धोनीले जिम्मेवारी रहने छ । तीव्र गतिको बलरको रुपमा दिपक चाहार, साुर्दल ठाकुर, डेविड विलीले छन् ।

यता पहिलो खेलमा मुम्मबईविरुद्ध २ सय १३ रन बनाएको दिल्ली बलियो मनोवलका साथ मैदान उत्रने छ । पन्तले मुम्बईविरुद्ध मात्र २७ बलमा ७८ रनको विश्फोटक पाली खेलेको थिए । आजको खेलमा पनि पन्तको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । त्यस्तै शिखर धवन,पृथ्वी शा,कप्तान श्रेयर ऐरी,कोलन इनग्रामले टप अडरका ब्याट्सम्यान हुन् ।

आजको खेलमा दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस खेल्ने उच्च संभावना छ । कागिसो रबडा र टेन्ट्र बोल्ट तीब्र गतिको बलिङमा पर्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको पनि संभावना छ । अक्षर पटेल,राहुल टेवाटिया, हर्ष पर्टेल, हनुमा विहारी मध्य दुई भारतीय अलराउण्डरले टोलीमा स्थान बनाउने छन् ।

सन्दीपको संभावना ?

फिरोज शाह कोटला स्पिनर उपयोगि मैदान हुँदा आजको खेलमा सन्दीपले मौका पाउन सक्ने जानकारहरुले बताएका छन् । दिल्लीले अमित मिश्रा र सन्दीप मध्य एकलाई आजको खेलमा मैदान उतार्ने छ । अनुवभी मिश्रा र पछिल्लो समय अन्तर्राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीप मध्य कसलाई मैदान उतार्छ त्यो भने अनिश्चित छ । पहिलो खेलमा यी दुबै बेन्चमा बसेका थिए ।

पहिलो खेलमा कोलिन इनग्रामले ४७ रनको महत्वपूर्ण पाली खेल्दै मिडिल अडर समालेका थिए । इनग्रामलाई नखेलाउँदा दिल्लीको मिडिल अडर कमजोर बन्ने हुदा उनी आज पनि टोलीमा पर्ने पक्कापक्कि जस्तै छ । त्यस्तै दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिसले तल्लो क्रममा ब्याटिङसँगै तीब्र गतिको बलिङ गर्ने हुँदा उनको संभावना अझ बलियो छ । मोरिस खेल्दा पहिलो खेलमा मौका पाएका किमो पल बेन्चमा बस्ने छन् ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र कागिसो रबाडा मध्य एकलाई बेन्चमा राखे सन्दीपले मौका पाउने छन् । दुबै खेलेको खण्डमा सन्दीपले मौका पाउने संभावना देखिदैन । दिल्लीले बोल्ट र रवाडा मध्य एक तीब्र गतिका बलरसँगै मिश्रा र सन्दीप दुबैलाई पनि मैदान उतार्न सक्छ ।