राजस्थान राेयल्स र किंग्स इलेभेन पन्जाबकाे खेल राेमान्चक - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

राजस्थान राेयल्स र किंग्स इलेभेन पन्जाबकाे खेल राेमान्चक



काठमाडाैं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा साेमबार साँझ भएकाे खेलमा राजस्थान राेयल्स र किंग्स इलेभेन पन्जाबकाे खेल राेमान्चक रह्याे । टस जितेर बलिङ राेजेकाे राजस्थानकाे आमन्त्रणमा ब्याटिङ गर्न थालेकाे पन्जाबका ओपनिङमा पुगेका थिए क्रिस गेल र के एल राहुल ।

राहुलले याे सिरिजकाे पहिलाे खेलमा खासै राम्राे प्रदर्शन गर्न सकेनन् । उनले ४ बल खेल्दै चार रन मात्र जाेड्न सके । उनी कुलकार्नीकाे बलमा बटलरले क्याच गरेपछि पेभेलियन फर्किए ।

तर, ओपनिङमा आएका वेस्ट इन्डिजका ब्याट्सम्यान गेलले भने राम्राे प्रदर्शन गरे । उनले ७९ रन जाेडे । ४७ बलमा उनले याे याेगफल तयार पारेका हुन् । उनी आउट हुँदा पन्जाबले १५.५ ओभरमा १४४ रन बनाएकाे थियाे । यसका लागि गेलले ८ चाैका र चार छक्का प्रहार गरे ।