खेलाडीहरुको लागि मुख्यमन्त्री राउतको गजबको अफर - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

खेलाडीहरुको लागि मुख्यमन्त्री राउतको गजबको अफर



वीरगञ्‍ज- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले खेललाई नै आफनो जीवन समर्पण गर्ने खेलाडीहरुको जिविकोपार्जनको व्‍यवस्था प्रदेश सरकारले गर्ने बताएका छन्।

प्रदेश नम्बर-२ को अस्थायी जनकपुरमा सोमबारबाट शुरु भएको तेस्रो सहीद कप क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै मुख्य मन्त्री राउतले क्षमतावन खेलाडीहरुको स्थायी जिविकोपार्जनको ब्यावस्था गर्ने प्रदेश सरकारको नीति रहेको बताए।

‘विश्वका अन्य मुलुकहरुमा खेलाडीहरुलाई विभिन्न निकायमा जागिर दिने गरिन्छ,मुख्यमन्त्री राउतले भने, प्रदेश २ को सरकारले पनि प्रादेशिक निकायहरुमा क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति लिएको छ।

’खेलको माध्यमबाट देशलाई बिशवमै चिनाउने खेलाडीहरुको मनोबल प्रदेश सरकारले सधै उच्च राख्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्‍यक्त गरे। खेल क्षेत्रको बिकाश गर्नको लागि प्रदेश सरकारले प्रदेश नमबर-२ का हरेकाजिल्लामा प्रदेश स्तरीय र प्रदेश भित्र अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको पनि मुख्य मन्त्री राउतले जानकारी दिए।

प्रदेश सरकारले प्रदेश भित्र हुने गरेको विभिन्‍न खेलहरुको विकाशको लागि हरेक खेल प्रयियोगितामा सहयोग उपल्बध गराउँदै आएको बताउँदै मुखयमन्त्री राउतले आउने दिनहरुमा पनि त्यस्ता सहयोगहरु जारी रहने उल्लेख गरे।

उदघाटन कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार तथा विकाश मन्त्री जितेन्द्र सोनलले आधुनिक युगमा खेलिदै आएका खेलका साथै मधेशका पारम्परिक खेलहरुको जगेर्ना गर्नेुपर्ने कुरामा जोड दिएका थिए।