दीपिकाको यस्तो रुपलाई ‘सलाम’ ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

दीपिकाको यस्तो रुपलाई ‘सलाम’ !



एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’को पोस्टर सार्वजनिक भएको छ ।

चलचित्रको पोस्टर सार्वजनिक भएसँगै दीपिकाले चौतर्फी प्रशंसा बटुलेकी छन् । भारतीय ट्वीटर संजालमा यतिबेला ह्याट्याग ‘छपाक’ टे्रन्डिङमा आएको छ ।

मानिसहरुले दीपिकाको चलचित्र आवरणको प्रशंसा गरिरहेका छन् । फेसबुक तथा ट्वीटरमा ‘दीपिकालाई सलाम छ’ भनेर शुभकामना दिइएको छ ।

चलचित्र छपाकमा एडिस आक्रमण पिडितहरुको कथालाई समेटिएको छ । चलचित्रको निर्देशक मेघना गुलजार हुन् । चलचित्रमा दीपिकाले एक एसिड आक्रमण पिडितको भूमिका निर्वाह गरेकी छन् ।