प्रधानमन्त्रीको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ

एजेन्सी – बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको हो ।
किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ । उनलाई शनिबार नै जेल पठाइएको छ । धरौटीको समेत अफर दिइएन ।
मानवअधिकारवादीले हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् । किरोनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटलाई विभेद गरेको आरोप लगाएकी थिइन् ।

