कंगना बनिन् बलिउडमा सबभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कंगना बनिन् बलिउडमा सबभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री



एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत बलिउडमा सबभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् । कंगनाले आफ्नो आगामी फिल्मका लागि २४ करोड भारू पारिश्रमिक लिँदै सबभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्री बन्न सफल भएकी हुन् ।

कंगनाको नयाँ फिल्म दक्षिण भारतीय अभिनेत्री समेत रहेकी नेता जय ललिताको जीवनीमा आधारित छ । फिल्म हिन्दी र तमिल दुवै भाषामा बन्नेछ । हिन्दीमा फिल्मको नाम ‘जया’ र तमिलमा ‘थलैवी’ हुनेछ।

सामान्यतया कुनै हिन्दी फिल्म दक्षिण भारतीय भाषामा समेत बन्दा फिल्ममा दक्षिण भारतका चर्चित कलाकारको पनि मुख्य भूमिका राखिन्छ । तर दक्षिण भारतकै ‘अम्मा’ जय ललितामाथि बन्ने यो फिल्म कंगना एक्लैले सम्हाल्नेछिन् । ‘मणिकर्णिका’ भएर आफ्नो नायकी देखाउन सफल क‌ंगनाको स्टारडमले फिल्म दुवै भाषाका दर्शकबीच लोकप्रिय हुनेमा निर्माताहरूको विश्वास छ ।

कंगनाले यो फिल्मबारे आफ्नो ३२ औं जन्मदिनको अवसरमा जानकारी गराएकी थिइन् ।