यी हुन् सबैभन्दा धेरै पारिश्रमिक लिने भिलेन - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

यी हुन् सबैभन्दा धेरै पारिश्रमिक लिने भिलेन



एजेन्सी । दक्षिण भारतीय फिल्मले पछिल्लो समय विश्वभर चर्चा पाउन थालेको छ । दक्षिण भारतीय फिल्ममा ठुलो महत्वका साथ भिलेनलाई पनि देखाउने गरिन्छ । दक्षिण भारतीय फिल्मका चर्चित भिलेन हुन् सुदीप । उनी दक्षिण भारतीय भिलेनहरुमध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्छन् ।

उनले एउटा फिल्मको लागि ६ करोड रुपैँया लिन गर्छन् । हालै उनले एक फिल्मको लागि ६ करोड रुपैँया लिएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ ।

अर्का चर्चित अभिनेता हुन् प्रकाश राज । कुनै समय भिलेनको रोलमा उनलाई ठुलो अफर हुने गथ्र्यो । तर, पछिल्लो समय उनी भिलेनभन्दा पनि अन्य भुमिकामा देखिन थालेका छन् । चर्चित भिलेनका रुपमा परिचीत प्रकाश राजले एउटा फिल्म खेले बापत २ करोड रुपैँया लिने गर्छन् ।