विप्लवका अति विश्वास पात्र प्रकाण्डलाई किन एक्लाईयो ? - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

विप्लवका अति विश्वास पात्र प्रकाण्डलाई किन एक्लाईयो ?



नेत्रविक्रम चन्द ‘विप्लव’का अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’पछिल्लो समय समूहभित्र एक्लिएका छन्।

सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन्। यो खबर आजको कान्तिपुरमा दीपेन्द्र विष्टले लेखेका छन्।

सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो। लगत्तै कपिलवस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो।

स्रोतअनुसार दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका ग¥यो।