नेइमारलाई कारबाही : खेलमा प्रतिबन्ध - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेइमारलाई कारबाही : खेलमा प्रतिबन्ध



एजेन्सी । युरोपियन फुटबल महासंघ (युएईएफए) ले पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेइमारलाई कारबाही गरेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयबारे सामाजिक सञ्जालमा आपत्तिजनक प्रतिक्रिया दिएका कारण युएईएफएले नेइमारलाई कारबाही गरेको हो ।

नेइमारलाई तीन खेलको प्रतिबन्धको कारबाही गरेको छ । तर, युएईएफएले प्रतिबन्ध हुने खेलबारे उल्लेख गरेको छैन ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो ।

उक्त खेलमा युनाइटेडले भिएआरको सहायतामा पाएको पेनाल्टीमा गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार त्यस खेलमा बेन्चमा थिए ।

उनले रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउँदै फुटबल नबुझेको रेफ्रीले ह्यान्डबल दिएको भन्दै इन्स्टाग्राममा विरोध गरेका थिए ।