पूर्वराजाका कारण सरकार तनावमा ! - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

पूर्वराजाका कारण सरकार तनावमा !



राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरूपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ।

मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ। आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ।

तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ।