प्रधानमन्त्री ओलीका सारथी नै गलत - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रधानमन्त्री ओलीका सारथी नै गलत



प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो आइरहँदा उनका सत्ता सारथीका साथै राजनीतिक रुपमा नजिक भएर काम गरिरहको ‘किचन क्याविनेट’ को भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ।

३ फागुन ०७४ मा भारी बहुमतका साथ दोश्रो पटक सत्तारोहण गरेका ओलीबाट बहुसंख्यक जनताले धेरै क्षेत्रमा सुधारको आशा गरेका थिए। यो खबर आजको राजधानी दैनिकमा सुभाष शाहले लेखेका छन्।

तर, एक वर्षमा जनअपेक्षाअनुसार काम हुन नसकेको र क्याबिनेट (मन्त्रिपरिषद्)ले राम्ररी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले अधिकांश मन्त्री फेरबदलको तयारी थालेका छन्।

प्रधानमन्त्री ओलीलाई किचन क्याविनेटमै रहेका व्यक्तिहरुबाट पनि अपेक्षाअनुसार सहयोग र महत्वपूर्ण सुझाब प्राप्त हुन सकेको छैन।