अर्को मेस्सी बनाउन सकिने वैज्ञानिकको दाबी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अर्को मेस्सी बनाउन सकिने वैज्ञानिकको दाबी



वैज्ञानिकहरुले दुरुस्तै अर्को मेस्सी बनाउन सकिने दाबी गरेका छन्।

क्लोनिङमार्फत मेस्सीजस्तै, मेस्सी जत्रै, मेस्सीकै बराबर खेल कौशल भएको अर्को मेस्सी बनाउन सकिने आनुवंशिक वैज्ञानिकहरुले बताएका हुन्।

मेस्सीले फुटबल क्लब बार्सिलोनाबाट ६ सय ७४ खेलमा अहिलेम्म ५ सय ९१ गोल गरिसकेका छन्। ३१ वर्षका मेस्सीको फुटबल भविष्य अब केहि वर्षमै समाप्त हुँदैछ।

विश्व फुटबलमा यतिबेला के मेस्सीजस्तै अर्का खेलाडी जन्मिएलान् भन्ने विषय चर्चामा रहेको छ। यसबीचमा वैज्ञानिकहरुले यदी मानिसले चाहे आफुहरुले अर्का दुरुस्तै मेस्सी भविष्यमा बनाउन सक्ने दाबी गरेका हुन्।

आनुवंशिक विशेषज्ञ अर्काडी नाभार्रोका अनुसार अर्को मेस्सी बनाउन संभव छ। ‘वर्तमान प्रविधिको प्रयोगमा मेस्सी बनाउन संभव छ।’ उनले भने,‘ती दुरुस्तै मेस्सी हुनेछन्। मेस्सीका जुम्ल्याहाजस्ता देखिनेछन्।’

वैज्ञानिकहरुले मेस्सीकै क्षमता, खेल कौशल भएपनि क्लोन गरिएका मेस्सीमा केहि कुरा फरक बताए।

‘आनुवंशिक गुण एकै भएपनि शिक्षा र वातावरण फरक कुरा हो।’ अर्काडीले भने,‘क्लोन गरिएका मेस्सीले अहिलेका मेस्सीको जस्तै वातावरण पाउन असंभव छ। मेस्सी अर्जेन्टिनामा जन्मिए हुर्किए। उनको वाल्यकाल फरक थियो।’

वैज्ञानिकहरुले क्लोन गरिएका मेस्सीमा अहिलेका मेस्सीको जस्तै खेल कौशल, सामथ्र्य नहुनेमा शंका भने गर्नु नपर्ने बताएका छन्। गोल डटकम