भाजपाले दियो मुस्लिमलाई टिकट - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

भाजपाले दियो मुस्लिमलाई टिकट



काठमाडौं । भारतीय जनता पार्टी भाजपाले लोकसभा चुनावका लागि बिहीबार १८४ जनाको नाम सार्वजनिक गरेको छ । हिन्दूवादी प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले चार जना मुस्लिम समुदायका नेताहरुलाई उम्मेदवार बनाएको छ ।

हिन्दूवादी छविलाई अगाडि बढाउनका लागि भाजपाले मुस्लिम धर्मप्रति आस्थावानलाई चुनावमा सहभागी नगराउने आँकलन विपरीत चार जनालाई टिकट दिइएको हो ।

यी चार उम्मेदवारहरु उत्तर प्रदेश वा महाराष्ट्रबाट नभइ जम्मू कश्मीर र लक्षद्धीपजस्तो मुस्लिम मतदाता बढी भएको स्थानबाट दिइएको हो ।

जम्मू कश्मीरको बारामुलाबाट एमएम वार, श्रीनगरबाट खालिद जहांगीर र अनन्तनागबाट सोफी यूसफलाई टिकट दिइएको छ ।

त्यस्तै लक्षद्धीपबा अब्दुल खादिरलाई टिकट दिइएको छ । जम्मू कश्मीरबाट पाँच सिटमा उम्मेदवार चुनिएकामा उधमपुरबाट डा जितेन्द्र सिंह तथा जम्मूबाट जुगल किशोर शर्मालाई टिकट दिइएको छ ।

भाजपाले उत्तर प्रदेशको मुस्लिम बाहुल्यता भएको सिटमा हिन्दू उम्मेदवार उठाइएको छ ।