दिल्ली पुगेर सन्दीपले बताए आफ्नो सफलताको सुत्र - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

दिल्ली पुगेर सन्दीपले बताए आफ्नो सफलताको सुत्र



दिल्ली क्यापिटलका युवा खेलाडी नेपालका सन्दीप लामिछानेले दिल्ली पुगेर आइपिएल आफूजस्ता खेलाडीका लागि राम्रो प्लेटफर्म भएको बताएका छन्।

सन्दीपले बुधबार बिहान दिल्ली पुगेपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ आफू जस्ता टेस्ट नखेल्ने राष्ट्रका खेलाडीका लागि आइपिएल उत्कृष्ट प्लेटफर्म रहेको प्रतिक्रिया दिएका हुन्।

उनले उत्कृष्ट खेलाडीविरुद्ध प्रदर्शन गर्ने आइपिएल राम्रो प्लेटफर्म भएको बताए। बिगबास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल खेलेर आइपिएल खेल्न पुगेका सन्दीपले आफ्नो सफलताको शुत्र धैर्यता र कडा मेहनत रहेको बताए।

‘यस्ता लिग खेल्न पाउँदा म आफूलाई शान्त राख्छु र अवसर पाएमा त्यसको सदूपयोग गर्न कडा मेहनत गर्छु,’ उनले भने, ‘जब म आइपिएलमा या अन्य लिगमा खेल्ने मौका पाउँछु त्यसबेला आफूलाई शान्त राख्दै आफ्नो प्रदर्शनमा केन्द्रीत हुन्छु।’

सन्दीपले गतवर्ष दिल्लीबाट पुछारका ३ खेल खेल्दै ५ विकेट लिएका थिए। यसवर्ष दिल्ली क्यापिटलको पहिलो खेल मार्च २४ मा मुम्बई इण्डियन्सविरुद्ध वानखडे स्टेडिमयमा छ।