चीनमा विस्फोट : ६ जनाको मृत्यु, सयौं घाइते - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

चीनमा विस्फोट : ६ जनाको मृत्यु, सयौं घाइते



याङचेङ : चीनको जिअंगसु प्रान्त स्थित याङचेङ शहरमा रहेको औद्योगिक क्षेत्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने सयौं जना गम्भीर घाइते भएका छन्।

रसायनिक मल उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा अन्यत्र समेत आगो फैलिएको बताइएको छ।

आगलागीका कारण कम्पनीहरुमा काम गरिरहेका मजदूहरु फसिरहेको र उनीहरुको उद्धारका लागि प्रयास भइरहेको बताइएको छ।

हालसम्म ३१ जनालाई विस्फोट भएको क्षेत्रबाट उद्धार गरिसकेको अधिकारीहरुले बताएका छन्।

आगलागी नियन्त्रणमा लिनका लागि ८६ अग्नि नियन्त्रक गाडी घटनास्थलमा प्रयोग गरिएको छ।

प्रहरीले विस्फोटबारे थप अनुसन्धान गरिरहेको छ।