यस्तो छ नरेन्द्र मोदीको बायोपिकको ट्रेलर - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

यस्तो छ नरेन्द्र मोदीको बायोपिकको ट्रेलर



भारतको लोकसभा निर्वाचनअघि प्रदर्शनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बायोपिक ‘पीएम नरेन्द्र मोदी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मोदीलाई राजनेताका रुपमा प्रस्तुत गरिएको छ। विवेक ओवरोय फिल्ममा मोदीको भूमिकामा देखिएका छन्।

ट्रेलरमा मोदीको बाल्यकाल, इन्दिरा गान्धीविरुद्धको आन्दोलन, संघ कार्यकर्ताको भूमिका, गुजरातका मुख्यमन्त्री हुँदाका झलक समेटिएका छन्।

फिलममा मोदीले ‘चियावाला’ बाट कसरी भारतको प्रधानमन्त्री बन्न गरेको संघर्ष समेटिएको बताइएको छ। यद्यपि, ट्रेलरमा मोदीबारे देखाइएका सबै कुराहरु पहिल्यै सार्वजनिक भएको भन्दै ट्रलेर कमजोर रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन्। विवेक ओवरोयको अभिनयलाई समेत क्रिटिक्सहरुले खासै मन पराएका छैनन्।

फिल्म भारतमा हुने लोकसभा निर्वाचन लक्षित गर्दै अप्रिल ५ मा रिलिज गर्ने बताइएको छ। पहिला उक्त फिल्म अप्रिल १२ मा प्रदर्शन बताइएको थियो। अप्रिल ११ देखि भने लोकसभा निर्वाचन हुँदैछ। त्यसैले निर्वाचनको सेरोफेरोमा फिल्म रिलिज हुने भएकाले विपक्षीहरुले त्यसको विरोध गरेका छन्।

भारतीय कांग्रेसले निर्वाचनलाई प्रभावित पार्न निर्वाचनको समयमा फिल्म रिलिज गर्न लागेको आरोप लगाएको छ।

यसअघि भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको बायोपिक रिलिज भइसकेको छ। यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको बायोपिक पनि छायाँकनको क्रममा रहेको छ।