विश्वकै ‘शक्तिशाली ५० महिला’को सूचीमा प्रियंका - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

विश्वकै ‘शक्तिशाली ५० महिला’को सूचीमा प्रियंका



केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए।

अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ। प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन्।

प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा समावेश भएसँगै उनको चर्चा थप चुलिएको छ। प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा छन्।

त्यस्तै, गायिका बियोन्स, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन्। प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन्। भनिन्, ‘अद्भुत महिलाहरुसँग यो सूचीमा अट्न पाउँदा आफूलाई सौभाग्यशाली महसुस गर्दछु।’

प्रियंका अमेरिकी टिभी ड्रामा श्रृंखला ‘क्वान्टिको’बाट अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएकी थिइन्। उनले फिल्म ‘बेवाच’बाट हलिउडमा डेब्यू गरेकी थिइन्।