विप्लबले दिए गाउँमा रहेका पार्टीका नेतालाई लाठी लिएर लगार्ने चेतावनी ! - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विप्लबले दिए गाउँमा रहेका पार्टीका नेतालाई लाठी लिएर लगार्ने चेतावनी !



काठमाडौं । । नेकपा माओवादी विप्लव समुहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समुहले गरेको छ ।विप्लव समुहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् ।

‘हामीलाई सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले दलका नेताहरुलाई प्रतिवन्ध लगाउँछौ’–नेकपा माओवादी विप्लव समुहका नेता रेशम नेपालीले भन्नुभयो ।

फोन सम्पर्कमा आएका नेता नेपालीले जनताकालागि बलिदानी दिन सरकारले आफ्नो पार्टीका गतिविधिलाई प्रतिवन्ध लगाएकाले अन्य दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउने बताउनुभयो । ‘हामी छलफलकै क्रममा छौं, जिल्लाको सांगठनिक अभियान सदृढ बनाउँदै विकास निर्माणमा समेत सहयोग पु¥याउने छौं’–जिल्ला नेता नेपालीले भन्नुभयो–‘जनताको भावना विपरित काम गर्नेलाई कारवाही गर्छाै ।’

नेता नेपालीले कस्तो कारवाही भने खुलाउन चाहानु भएन । पार्टी नीति बन्दै गएका तत्काल के गर्ने निर्णय नभएको बताउँदै उक्त समुहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको दावी गरेको छ । नेपालसमाचार पत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।