बिन्दुको 'हाम्रो माया जिन्दाबाद'लाई पनि दर्शकको अपार साथ । - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

बिन्दुको ‘हाम्रो माया जिन्दाबाद’लाई पनि दर्शकको अपार साथ ।



कमल विष्ट  : पछिल्लो समय सर्वाधिक चर्चामा रहेकी गायिका बिन्दु परियारको स्वमा रहेको अर्को गीत ” हाम्रो माया जिन्दाबाद ” ले नेपाली सङ्गीत प्रेमीहरूको अत्यधिक माया पाएर युट्युब ट्रेडिङको १ नम्बरमा उक्लने होडमा छ ।

साङ्गीतिक यात्राको सुरुवातमा नै ठुला पर्दाका सफल चलचित्रमा सर्वाधिक रुचाइएका गीत पर्ख पर्ख मायालु,पहिलो नम्बरमा लगायत कहीँ समय अगाडि घरबार र अन्य धेरै गीतहरू अत्यधिक रुचाइएका गीतहरू हुन। एक पछि अर्को सफलता प्राप्त गर्दै गएकी उनै गायिका बिन्दु र कलाकार शिशिर भण्डारीको स्वर रहेको अहिले भर्खरै सार्वजनिक गरिएको गीत “हाम्रो माया जिन्दाबाद !” बोलको गीत ४८ घण्टा नबित्दै ट्रेडिङको मा २  आइपुग्न सफल भएको छ।यस गीतमा शिशिर भण्डारीको शब्द,दीपक सिलवालको सङ्गीत रहेको छ।

टिक टकमा भाइरल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सिको साथमा शिशिरको अभिनय रहेको पहिलो भिडियो ‘हाम्रो माया जिन्दाबाद!’लाई अत्यधिक दर्शकले रुचाएका छन् । नवराज उप्रेतीको छायाङ्कन, सुरेन्द्र बसेलको निर्देशन रहेको छ ।

उनको सफलतामा उन्को श्रीमान् सफल युवा सङ्गीतकार सुदिप सागरले पनि खुलेर साथ दिएको देखिन्छ, जीवनसाथी पनि साङ्गीतिक क्षेत्रको भएकाले यात्रामा झनै सहजता भएको बिन्दु परियार बताउछिन, आफूलाई सफल बनाउन श्रोताले दिएको अपार मायाले झन् मेहनत गर्न हौसला थपेको उनको भनाइ छ ।

भिडीयो यहाँ छ : हाम्रो माया जिन्दावाद