गुल्मीमा २ सय ७६ जनालाई एचआइभी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गुल्मीमा २ सय ७६ जनालाई एचआइभी



रुपन्देही– गुल्मीमा २ सय ७६ जनामा एचआइभी संक्रमण भेटिएको छ। संक्रमितमध्ये १ सय ५८ महिला र १ सय १८ पुरुष छन्।

हाम्रो जीवन प्लस गुल्मीका अनुसार सबैभन्दा बढी सत्यवती गाउँपालिकामा २७ महिला र २३ पुरुष गरी ५० जना संक्रमित छन्। यस्तै, मुसिकोट नगरपालिकामा २१ महिला र १४ पुरुष गरी ३५ जना तथा रेसुंगा नगरपालिकामा १४ महिला र १५ पुरुष गरी २९ जनामा संक्रमण देखिएकको छ।

गुल्मीदरबार गाउँपालिकामा ११ महिला र पाँच पुरुष गरी १६ जना, छत्रकोट गाउँपालिकामा २६ महिला र १२ पुरुष गरी ३८ जना, रुरु गाँउपालिकामा १६ महिला र ११ पुरुष गरी २७ जनामा संक्रमण देखिएको तथ्यांक सार्वजनिक गरिएको छ।

यसैगरी, मदाने गाउँपालिकामा पाँच महिला र ६ पुरुष गरी ११ जना, चन्द्रकोट गाँउपालिकामा ९÷९ जना महिला र पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ। इस्मा गाँउपालिकामा ८ महिला र ७ पुरुष गरी १५, धुर्कोट गाउँपालिकामा १२ महिला र १० पुरुष गरी २२ जना, मालिका गाउँपालिकामा ८ महिला र ६ पुरुष गरी १४ जना, कालिगण्डगी गाउँपालिकामा एक जना महिलामा एचआइभी संक्रमण देखिएको जीवन प्लस संस्थाका संयोजक दयासागर विकले जानकारी दिए।

उनका अनुसार जिल्लामा १६ बर्षभन्दा मुनिका २६ जना एड्सबाट संक्रमित भएका छन्।