भागिरथ चलाउनेको "जाउँला बरिलै” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

भागिरथ चलाउनेको “जाउँला बरिलै” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

मिठो स्वर का धनी पछिल्ला दिनहरूमा निकै चर्चा कमाएका गायक भागिरथ चलाउनेको नयाँ लोक दोहोरी गीत “ जाउँला बरिलै ” हालै मात्र सार्वजनिक भएको छ ।

गीतमा सन्तोष बिसी र भीम लामाको शब्दमा भागिरथ चलाउनेले सङ्गीत भरेका छन् भने स्वर गायक चलाउने र चर्चित गायिका विष्णु माझीको रहेको छ ।

यथार्थ कथा वस्तु लाई लिएर तयार पारिएको गीतको म्युजिक भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ। भिडियोमा देवेन्द्र बब्लु, रुविना अधिकारी, कल्याण कार्की लगायतका कलाकारहरुक‍ो अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई प्रविन भट्टको निर्देशन/ सम्पादनमा करन चैसिरले छायाङ्कन गरेका छन् ।