भारतीय क्रिकेटर मोहम्मद शामी विरुद्ध मुद्दा दायर - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

भारतीय क्रिकेटर मोहम्मद शामी विरुद्ध मुद्दा दायर



एजेन्सी । भारतीय क्रिकेट टोलीका तिब्र गतिका बलर विरुद्ध कोलकाता प्रहरीले अलिपोर अदालतमा घरेलु हिंसा र यौन उत्पीडनको मुद्दा दायर गरेको छ ।

शामीकी श्रीमती हसीन जहाँले प्रहरीमा उजुरी दिएको एक वर्षपछि प्रहरीले कारबाही अगाडी बढाएको बुझिएको छ । गत वर्ष हसीनले शामी विरुद्ध म्याच फिक्सींग गर्न पाकिस्तानी महिलासँग पैसा लिएको पनि आरोप लगाएकी थिइन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसिसीआई) ले उक्त घटनामा छानविन गर्दै शामीलाई ‘क्लीन चीट’ दिइसकेको छ ।

पूर्व मोडल हसीनले यसअघि शामीका दाजु लगायत परिवारका अन्य सदस्यमाथी पनि आरोप लागेपनि प्रहरीले शामी विरुद्धको घरेलु हिंसा र यौन उत्पीडनको मात्र मुद्दा दायर गरेको छ ।

अघिल्लो वर्ष दक्षिण अफ्रिका भ्रमणका रहेका बेला उनले अन्य महिलासँग सम्बन्ध राखेको पनि उनले फेसबुक मार्फत् सार्वजनिक गरेकी थिइन् । उनले ति महिलाहरुसँग ह्वाट्सएपमा गरेको कुराकानीको स्क्रीनशट तथा महिलासँगै बसेको फोटो पनि सार्वजनिक गरेकी थिइन् ।

यी दुईले करिब दुई वर्ष पुरानो सम्बन्धलाई सन् २०१४ मा विवाहमा परिणत गरेका थिए ।

यसरी विभिन्न आरोपहरु लागेपनि शामीले यि सबै आरोप निराधार रहेको बताउँदै आएका छन् । उनका वकिल सलिम रहमानले अदालतमा सहि रुपमा आरोप विरुद्ध प्रस्तुत हुने तयारी गरेको बताएका छन् ।