पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा भव्य स्वागत - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा भव्य स्वागत



जनकपुर- पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा स्वागत गरिएको छ। तराई–मधेसको धार्मिक भ्रमणका क्रममा साँझ जनकपुरधाम आइपुगेका उनलाई स्थानीयले स्वागत गरेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र आज जनकपुरस्थित सीताशरण होटलमा बस्नेछन्।

फागुन ३० मा सर्लाहीको प्रसिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधामस्थित श्रीरामजानकी मन्दिर र चैत २ गते गाईघाटको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उनका निजीसचिव फणीन्द्र पाठकले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्रका लागि होटलमा ८ कोठा बुक गरिएको छ। होटल वरिपरि यतिबेला सुरक्षा व्यवस्था कडा पारिएको छ।

जनकपुरधामको केही स्थानमा पूर्वराजा शाहको स्वागतमा ठूला द्वारहरू समेत निर्माण गरिएको थियो।

फागुन २२ गते नै उनी जनकपुर आउने कार्यक्रम थियो तर पूर्व मुमाबडामहारानी रत्न शाह बिरामी भएर अस्पतालमा भर्ना गर्नु परेकाले रद्द भएको थियो।