ओलीलाई गगनको प्रश्न : आर्थिक क्रान्ति भनेको भ्रष्टाचारको क्रान्ति हो ?
अर्घाखाँची – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताएका छन् । के आर्थिक क्रान्ति भनेको भ्रष्टाचारको क्रान्ति हो ? उनको प्रश्न यस्तो थियो ।
निर्मला पन्तका हत्यारालाई कारबाही गर्न सरकार गम्भीर नरहेको पनि थापाले बताए । पटक–पटक भ्रष्टाचार गर्दिनँ भनेर प्रधानमन्त्रीले भने पनि वाइडबडी र बुढीगण्डकीको बारेमा सरकार चुप रहेको थापाले आरोप लगाए ।
नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गरेको जनसभा तथा राशिक शहीद स्मृति प्रतिष्ठानको उद्धाटन समारोहलाई सम्बोधन गर्दै थापाले । वर्तमान सरकार उद्योगधन्दा खोल्ने र कलकारखाना खोलेर आर्थिक क्रान्ति गर्ने पक्षमा नभएको बताए । सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताएका हुन् ।
दुई तिहाई बहुमतको सरकारले राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नलागेको बताउँदै कांग्रेसले आफू हारेर पनि देशलाई र प्राप्त उपलब्धिलाई जोगाएको थापाले बताए ।
देशलाई विकास र निकासका लागि भन्दा पनि पद र कुर्सीका लागि ओली र प्रचण्डबीच एकता भएको बताउँदै थापाले प्रधानमन्त्रीमा जिम्मेवारीबोध नभएको बताए ।