अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारीमा विप्लव समूह - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारीमा विप्लव समूह



काठमाडौँ । आफ्ना नेताको लोकेसन पत्ता लगाउन प्रहरीले कल ट्र्याकिङ गरिरहेको संकेत गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेता अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

नेकपाका युवा नेता नरबहादुर कार्कीले पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को लोकेसन पत्ता लगाउन प्रहरीले कल ट्र्याकिङ गरेर व्यक्तिको गोपननियताका ठाडो उल्लघंन गरेको आरोप लगाए ।

केही दिन अघि फेसबुकमा एक स्टाटस लेख्दै नेता कार्कीले सरकारले देशमा अघोषित संकटकाल थोपरेको बताए ।

आफ्नो मोबाइलमा आफ्नो अधिकार नहुने हो भने मोबाइल सुेवा प्रदायक कम्पनीहरूले सामूहिक अधिकार हनन विरुद्ध जनता र विश्व समुदायलाई जवाफ दिनुपर्ने उनले दाबी गरे ।