सरकारको बिरोध गरेको भन्दै १६ जना अधिकारकर्मी पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सरकारको बिरोध गरेको भन्दै १६ जना अधिकारकर्मी पक्राउ



काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले घेराबन्दी गरि कृष्ण पहाडीसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे अपराधजन्य सहमति र सत्ताद्वारा सार्वभौमसत्तामाथि खेलवाडको विरोधमा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो ।

विरोध प्रदर्शनबाट प्रहरीले पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

विरोध प्रदर्शनमा ११ बुँदे नौटंकी अपराधजन्य सहमति, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकिएको थियो ।