प्रम ओलीलाई खगेन्द्रको झटारो
काठमाडौं । सरकारका पछिल्ला गतिविधिप्रति आक्रोश र आलोचना बढ्दै गएका छन् । कसैलाइृ काखा र कसैलाई पाखा गर्दा त्यसले उत्पन्न गराउने परिस्थिति झन् जटिल हुन जाने टिप्पणी भइरहेका छन् ।
राजनीतिक विष्लेषक एवं साहित्यकार खगेन्द्र संग्रौलाले त्यस्तो विभेद नगरी सबैलाई समान व्यवहार गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् –‘वहिष्करण, विभेद र वञ्चनाको अन्यायपूर्ण अवस्थाबाट सीके राउत, विप्लव र रेशम चौधरी जन्मिरहन्छन् ।सामाजिक खण्डीकरणका कारकहरू ज्यूँका त्यूँ राख्ने हठ र भौगोलिक अखण्डताको रक्षा गर्ने चिन्तामाझ यो कत्रो विरोधाभाष ! अन्याय र असमानताको उन्मूलनले मात्र अखण्डताको रक्षा गर्नसक्छ मान्यवर !’