बालकृष्ण खाँणले भने : यो सरकारले हत्या हिंसा बढायो - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बालकृष्ण खाँणले भने : यो सरकारले हत्या हिंसा बढायो



काठमाडौँ -आफ्ना कार्यकर्ताहरूमाथि सांघातिक आक्रमण भइरहेको भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले हत्यारालाई कानूनी कठघरामा ल्याउन माग गरेका छन् ।

रुपन्देही जिल्लाको देवदहमा फागुन २६ गते हत्या गरिएका तरुण दलका नेता अनिल पुरीका हत्याराहरूलाई चाँडो भन्दा चाँडो कारवाही गर्ने मागसहित मंगलवार खाँणले एक विज्ञप्ति जारी गरेका हुन् ।

‘देशका विभिन्न स्थानमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ता माथि संघातिक आक्रमण भइरहेको र कतिपय स्थानमा हत्या समेत भइरहेको श्रृंखलाबद्ध घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसै क्रममा फागुन २६ गते रुपन्देही जिल्लाको देवदहमा नेपाल तरुण दल देवदह नगर कार्यसमिति सदस्य श्री अनिस पुरी माथि संघातिक आक्रमण गरी हत्या गरिएको छ ।’

‘यदि तरुण दलले आफ्ना नेता तथा कार्यकर्ताको रक्षाका लागि कठोर कदम चालेमा त्यसको जिम्मेवारी सरकार नै हुनुपर्छ,’ खाँणले विज्ञप्तिमार्फत भनेका छन्, ‘वर्तमान सरकार गठनपछि हत्या, हिसांका घटनाहरु बढिरहेका छन् ।’

यस्ता घटनाको नियन्त्रण गर्दै शान्ति, सुव्यवस्था कायम गर्न सरकार असक्षम र निरिह बन्दै गईरहेको खाँणले आरोप लगाए । आम नागरिकलाई सुरक्षा दिन र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सरकारको मुख्य दायित्वप्रति सरकारलाई गम्भीर बन्न खाँणले आग्रह गरेका छन् ।