डा. सीके राउतका समर्थकले मन्त्रीलाई दिए कडा चेतावनी - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

डा. सीके राउतका समर्थकले मन्त्रीलाई दिए कडा चेतावनी



जनकपुधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई डा. सीके राउतका समर्थकले कडा चेतावनी दिएका छन् । राउतका समर्थक ऋषि राजले सामाजिक संजाल फेसबुकमार्फत मन्त्री यादवलाई आफ्नो हैसियतलाई विचार गरी बोल्न भन्दै चेतावनी दिएका हुन् ।

मन्त्री यादवले सोमवार जनकपुरमा राउतका समर्थकहरुले गरेको प्रदर्शन कानुन र सम्झौता विपरित रहेको भन्दै अवको दिनमा यस्तो प्रदर्शन गरे सह्य नहुने बताएका थिए । त्यसपछि राउतका समर्थक राजले उनीविरुद्ध खनिएको देखिन्छ । राजले फेसबुकमा लेखेका छन्– ‘अरु नेताको लहै लहैमा लागेर हिट हुन नबोल्नुस् ।’

प्रदेश सरकार गठन भएको समयमा सार्वजनिक विदा दिँदा बैंकले नमानेको खण्डमा मन्त्री यादब जनकपुरस्थित बैंकको गेटमा धर्ना बसेको र स्वराजी फौजको तस्विर समेत फेसबुकमा राख्दै राजले लेखेका छन्– ‘जथाभावी स्वराजीलाई धम्की नदिनुहोला । तपाईलाई राम्ररी थाहा छ कि स्वराजी आफ्नो ताण्डव दुईपटक जनकपुरमा देखाइसकेका छन् । कहि तपाई विरुद्ध देखाउनु नपरोस् ।’