१४९ जना यात्रु बोकेको विमान दुर्घटना - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

१४९ जना यात्रु बोकेको विमान दुर्घटना



इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।

राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेकाे बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताउनु भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।