रौतहटबाट प्रधानमन्त्री भने : राजपाले तराईका जनतालाई झुक्यायो !
रौतहट-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोप्रति असन्तुष्टि जनाएका छन्।
टीकापुर हत्याकाण्डमा नियोजित रुपमा आफ्ना सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला गराएको भन्दै सरकारलाई लिएको समर्थन फिर्ता लिएको थियो।
प्रधानमन्त्री ओलीले राजपालाई एउटा प्रदेशमा जनतालाई अल्मल्याएर, झुक्क्याएर भोट पाइयो भन्दैमा फूर्ति नलागाउन चेतावनी दिएका छन्।
उनले रौतहटको नेकपा प्रदेश २ को आमसभालाई सम्बोधन गर्ने क्रममा आफू मधेस विरोधि नभएको भन्ने आरोप लगाएका हुन्।
करिब एक घण्टा लामो भाषणमा प्रम ओलीले भने, ‘राजपालाई भन्न चाहन्छु कि एउटा प्रदेशमा सोझा जनतालाई, अल्मल्याएर, झुक्याएर, फकाएर भोट पाइयो भनेर धेरै फूर्तिफार्ति नगर्नुहोस्। तपाईहरु सरकारविरुद्धको अभियानमा होइन, सरकारको नीतिअनुसार मधेसको विकासमा जुट्नुहोस्।’
प्रधानमन्त्री ओली नाकाबन्दी र नागरिकताका सवालमा मधेस विरोधिको आरोप लागेको बेला आफू मधेश विरोधि नभएको सन्देश दिन खोजेको बताए। उनले भने ‘नेकपा तराईमा लोकप्रिय छैन भन्ने भ्रम फौलिएको छ तर तराई मधेशका लागि लड्ने र मर्ने नेकपाकै नेताहरु हुन। यही ठाउँबाट आजभन्दा २० वर्ष अगाडि म गिरफ्तार भएको छु। मलाई शरण दिएको यहीका जनताले हो।’ उनले थपे, ‘मैले राजतन्त्र विरुद्ध बिगुल फुकेर यहाँ आउदा मलाई बास दिने र मेरो नाराको समर्थन गर्ने यहाँकै जनता थिए।’
साथै प्रधानमन्त्री ओलीले खासगरी तराई मधेशको मानव सुचकाङक तथा आर्थिक विकासको लागि ठूला–ठुला परियोजनाहरु भित्र्याइसकेको भन्दै आमगामी चार वर्ष भित्र त्यसले नतिजा दिने दावी गरे।
साथै उनले भने ‘हिजो मात्र सिके रावत नेतृत्वको तराई मधेश गठबन्धन विखण्ठन बवादी अभियान त्यागेर नेपालको सार्वभाँैम सत्त र अखण्डतालाई सम्मान गर्ने कुरामा हस्ताक्ष र गरेको छ साथै संविधान अनुसार चल्ने प्रतिवद्धता गरेकाले हस्ताक्षर गरेको छ। ‘संविधान अनुसरा चल्ने उसको प्रतिवद्धता स्वागत गरेका छन्।