कांग्रेसका सांसद अमरेशकुमारले गरे दोस्रो बिहे - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कांग्रेसका सांसद अमरेशकुमारले गरे दोस्रो बिहे



काठमाडौं: नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन्।

त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग आज बंगलामुखी मन्दिरमा विवाह भएको हो।

सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंह यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए भने २०६७ सालमा डिभोर्स भएको थियो।

भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो। पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी भएपछि गाउँमै बस्दै आएका छन्। स्रोतका अनुसार जोशी केही वर्षदेखि काठमाडौंमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन्।