सिके राउत देखाएर तराईमा खेल्ने दिन गए : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सिके राउत देखाएर तराईमा खेल्ने दिन गए : प्रधानमन्त्री ओली



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजपालाई सरकार र अदालत फरक भएको सुझाएका छन्।

मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउतसँग राजनीतिक सहमति गर्ने क्रममा ओलीले राजपाले सरकारलाई दिएको समर्थन फिर्ताप्रति आपत्ति जनाए।

अदालतलाई सरकारले निर्देशन दिन नमिल्ने प्रधानमन्त्रीको भनाइ छ।

जेलमा बसेका रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

ओलीले सरकारले अदालतलाई निर्देशन दिन नमिल्ने प्रस्ट पारेका छन्। उनले भने, ‘अदालतले फैसला गरेको छ, तर सबैतिरबाट सरकारलाई नै चिथोर्न आएका छन्।’

मधेसकेन्द्रित दलप्रति आक्रामक ओलीले सिके राउत देखाएर तराईमा रोटी सेक्नेहरुको समय सकिएको बताए।

सरकारले आज राउतसँग ११ बुँदे राजनीतिक सहमति गरेको छ।