सीके राउतले जेलको कुरा गर्दा ओली मुसुमुसु हाँसे - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सीके राउतले जेलको कुरा गर्दा ओली मुसुमुसु हाँसे



स्वतन्त्र तराई मधेस गठबन्धनका संयोजक चन्द्रकान्त (सीके राउत) ले आफूहरु बुद्धको सन्तान भएको कारण अहिँसा चाहने बताएका छन् ।

शुक्रबार सरकारसँग गरेको ११ बुँदे राजनीतिक सहमतिपछि आयोजित कार्यक्रममा बोल्दै संयोजक राउतले आफूहरुको स्वतन्त्र मधेस अभियानजपनि शान्तिपूर्ण आन्दोलनको एक रुप भएको बताए ।

‘हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो शरीरभित्र अन्तनिहिर भएर, रौँ रौँमा बसेको छ’, उनले भने ।

‘यो जनताको जित हो, हामी जनताको मन जित्ने गरी अगाडि बढ्न यो सहमति गरेका हौँ’ राउतले भने, ‘किनभने जनताले चाहे भने सबै कुराको परिवर्तन सम्भव छ ।’

प्रधानमन्त्री ओली आफै १४ वर्ष जेल बसेर आएको व्यक्ति भएको भन्दै उनले प्रधानमन्त्रीका अगाडि जेलको कुरा गर्नु सूर्यलाई दियो देखाउनु बराबर भएको बताए ।

उनले जेलको हालको अवस्था र गुणस्तरको  प्रसङ्ग निकाल्दा भने प्रधानमन्त्री ओली मुसुमुसु हाँसे ।

उनले जेलको अवस्था सुधार गर्नुपर्ने रहेको बताए । जेल जीर्ण र आवश्यकताभन्दा बढी कैदी बन्दी भएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए ।

उनले आज भएको राजनीतिक सहमतिलाई सकरात्मक रुपमा दिएर अगाडि बढ्न सबैलाई अनुरोध समेत गरे ।