रेशम चौधरीको रिहाइ माग गर्दे प्रदर्शन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रेशम चौधरीको रिहाइ माग गर्दे प्रदर्शन



नवपलसरासी- थारु कल्‍याणकारिणि सभा/संयुक्त थरुहट संघर्ष समिति नवलपरासीले निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसको विरुद्धमा शान्तिपूर्ण रुपमा धर्ना एवं विरोध प्रदर्शन गरेको छ।

टीकापुर घटनामा जन्मकैद पाएका सांसद रेशम चौधरीसहितका थुनामा परेकाहरुको रिहाइको माग गर्दै थारु कल्‍याणकारिणि सभा/संयुक्त थरुहट संघर्ष समिति नवलपरासीले प्रदर्शन गरेको हो।

उनीहरुले हातमा कालो झण्डा र कालो ब्‍यानर बोकेर प्रदर्शन गरेका हुन। प्रदर्शनमा टीकापुर घटनाको बारेमा मानव अधिकार आयोगले बनाएकव प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, जबरजस्ती लगाइएको झुटा मुद्दा खारेज हुनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएको थारु कल्‍याणकारिणि सभा नवलपरासीका अध्‍यक्ष चन्द्रिका प्रसाद चौधरीले बताए।

उनले भने, ‘थारुहरुमाथि राज्‍यका शासक/प्रशासकले झुट्टा मुद्दा लगाएर जातीयताको आधारमा न्‍याय सम्पादन गरेर हुन्छ। सार्वभौम जनताबाट निर्वाचित सांसदलाई अदालतको फैसलाले हुन्छ भने संसदीय सुनुवाइ समिति किन राखियो। नेताहरुले आफ्नो स्वार्थमा किन अदालत चलाइरहेको र आदिवासी समुदायप्रति हेर्ने नजिर नै फरक भएको छ।यो सरासर थारु समुदायमाथिको आक्रमण हो।’