कोमल वलीलाई कारबाही गर्न माग - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

कोमल वलीलाई कारबाही गर्न माग



कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने ‘इट्स माई सो’ कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

उक्त कार्यक्रममा सांसद वलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छन, ‘आफू मरिसकेपछि डुमै राजा’ जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र आत्मसंम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन् ।

उनले भनेकी छन्, ‘मलामीमा मेरो फरक विचार छ । यसमा के छ भने, ‘मरिसकेपछि डुमै राजा ।’ मरिसकेपछि मलाई केही चाँहिदैन् । मलामी सलामी मलाई केही चाँहिँदैन् । बाँचुञ्जेल चाँही सलामी चाहिन्छ ।’

वलीको यो शब्दावलीका कारण कथित दलित समुदाय अन्तर्गत पर्ने डुम जातिको आत्मसम्मानमा ठेस पुगेको छ । संविधान र कानुनले निर्दिष्ट गरे विपरितको शब्द प्रयोग गरेकी वलीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने दलित अगुवाकर्मीहरुको जोडदार माग छ ।
वलीलाई जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा १२ बमोजिम कारबाहीको माग गरिएको छ ।

सशक्त दलित एकता समाज दक्षिण कोरियाले सांसद वलीले प्रयोग गरेको अपशब्दको विरोध गर्दै प्रेस बिज्ञप्ति निकालेको छ । सांसद वलीलाई नेपालको वर्तमान कानुन बमोजिम कारबाही गर्नुपर्ने माग समाजको रहेको छ ।