प्रम ओली चढेको जहाज २० मिनेट आकाशमै होल्ड हुदाँ यस्तो तनाब ! - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रम ओली चढेको जहाज २० मिनेट आकाशमै होल्ड हुदाँ यस्तो तनाब !



काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज २० मिनेट आकाशमै होल्ड भएको विषयमा छानविन गर्न समिति गठन भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त विषयमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ।

यति एयरलाइन्सको एटिआर ७२ जहाजको उडानमा काठमाडौं फर्किने क्रममम जहाजलाई काठमाडौं विमानस्थलले होल्ड गराएको थियो।

मंगलबारको एनटिवाई९२६को उडान रोकिंदा भिभिआइपी उडानमा हेलचक्र्याई गरेको भन्दै प्रधानमन्त्री कार्यालयले मन्त्रालयले छानविन गर्न पर्यटनलाई निर्देशन दिएको थियो।

उच्चपदस्थको उडान हुँदा अरु उडान रोकेर भएपनि तत्काल अवतरण क्लिरियन्स दिनुपर्ने अभ्यास भएकोमा मंगलबारको उडानमा जहाज आकाशमै रोकिदिएको थियो।

सोही विषयमा छानविन समिति गठन भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।मन्त्रालयका सहसचिव शुरेश आचार्यको संयोजकत्वमा समिति गठन भएको छ।समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा पाएको छ।