कांग्रेस नेत्री भुषालले दिईन सरकारलाई चेतावनी !
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जननायक वीपी कोइरालाको इतिहास मेटाउने प्रयास गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएकी छिन् । बिहीबार बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक भुसालले वीरगञ्जमा निर्माणाधीन वीपी उद्यानको नाम परिवर्तन गरेर सहिद उद्यान बनाउने प्रदेश सरकारको तयारीप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएकी हुन् ।
उनले विपी उद्यानका लागि छुट्याइएको जमिनमा सहिद उद्यान बनाउने प्रदेश नम्बर २ सरकारको निर्णय कांग्रेसका लागि स्वीकार्य नहुने बताइन् । ‘‘माघ १६ गते सहिद दिवसका दिन मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले वीपी उद्यानको जमिनमा सहिद उद्यानको शिलान्याश गर्नुभएको छ, जुन प्रतिप्रक्षी कांग्रेसलाई कदापी स्वीकार्य छैन,’’ भुसालले बैठकमा भनिन् ।
उनले मधेसबाट कांग्रेस र कांग्रेस नेताको इतिहास मेटाउन प्रदेश सरकारले दुष्प्रयास गरेको भन्दै भत्र्सनासमेत गरिन् । मुख्यमन्त्री राउतले सहिद उद्यान निर्माण गर्ने भनेर शिलान्यास गरेको जमिनको जग्गाधनी प्रमाण पूर्जामा वीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने स्पष्ट रुपमा लेखिएको उनको भनाइ छ ।